Latest / आशय पत्र रद्द गरिएको सम्बन्धी सूचना

आशय पत्र रद्द गरिएको सम्बन्धी सूचना

2078-09-21

 

यस प्रदेश प्रशिक्षण केन्द्रको आ.व. २०७८/२०७९ को वार्षिक कार्यक्रम अनुसार प्रदेश नं १ को १३७ वटै पालिकाहरूको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण संचालनको लागि मिति २०७८ कार्तिक ९ गते आशय पत्र आव्हान गरिएकोमा तोकिएको मिति भित्र पर्याप्त संख्यामा परामर्शदाता संस्थाको आशय पत्र प्राप्त नभएको र प्राप्त आशय पत्र मध्ये पनि अधिकांश आशय पत्रहरुमा माग गरे बमोजिम क्लस्टर उल्लेख नभएको हुँदा यस केन्द्रको मिति २०७८ पौष १९ गतेको निर्णय अनुसार उक्त खरिद प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |