/ Provincial Center for Good Governance

Provincial Center for Good Governance

प्रदेश सरकार तथा स्थानीय तहको क्षमता विकास गर्ने मूलभुत उद्देश्य राखि प्रदेश सरकार, प्रदेश नं. १ द्वारा प्रदेश प्रशिक्षण केन्द्र (संचालन तथा व्यवस्थापन) नियमावली, २०७७ को रुपमा कानूनी व्यवस्था गरि विधिवत रुपमा वि.सं. २०७७ असोज १८ गते यस प्रदेश प्रशिक्षण केन्द्रको स्थापना भएको  छ । प्रदेश सरकार तथा स्थानीय तहको क्षमता विकास तथा सशक्तिकरण गर्न सार्वजनिक पदाधिकारीका लागि तालीम संचालन गर्ने, प्रदेश तथा स्थानीय शासन सम्बन्धि अध्ययन एवं अनुसन्धान गरि सम्बन्धित निकायलाई परामर्श दिनु यस केन्द्रको मूख्य कार्यको रुपमा रहेको छ । उपरोक्त कार्यका लागि नेपाल सरकार द्वारा साविकको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको भद्रपुर नगरपालिकाको वडा नं. १० कलवलगुरीमा अवस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र यस प्रदेश प्रशिक्षण केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

 

नेपालको शासकीय प्रबन्ध मूलतः संघ, प्रदेश र स्थानीय गरि तीन तहको रहेको छ । नेपालको संविधानले तीन तहका शासन व्यवस्था सहकारिता, सह अस्तित्व तथा समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ । यसै सन्दर्भमा नेपालको संघीय व्यवस्थाको सफलताका लागि तीनै तहको शासकीय संरचनाको सशक्तिकरण तथा क्षमता विकास गरिनु आवश्यक देखिएको छ । यसका साथै अन्तर सरकार व्यवस्थापन थप प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहमा सुशासन अभिवृद्धि गर्नु अपरिहार्य छ । यसका लागि यस प्रदेश प्रशिक्षण केन्द्रले प्राज्ञिक रुपमा प्रभावकारी भूमिका निर्वाह गरि आफुलाई उत्कृष्ठ सिकाई केन्द्र (Excellence Center) को विकास गर्ने लक्ष्य लिएको छ ।